दफा २४
उजुरी गर्न सक्ने
 (१) यस ऐन बमोजिम श्रमजीवी पत्रकारले पाउनु पर्ने कुनै सुविधा वा रकम सञ्चार प्रतिष्ठानबाट नपाएमा वा व्यवस्थापकले यो ऐन वा यस ऐन अन्तरगत बनेको नियम बमोजिमको कुनै काम नगर्दा कुनै श्रमजीवी पत्रकारलाई मर्का पर्न गएमा त्यस्तो श्रमजीवी पत्रकारले पैंतीस दिन भित्र प्रेस रजिष्ट्रार समक्ष उजुरी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको उजूरी मनासिव ठहरेमा तोकिएको समितिले उजुरवालाको माग बमोजिमको कुनै सुविधा वा रकम वा अन्य कार्य सम्बन्धित सञ्चार प्रतिष्ठानबाट दिन वा गर्न लगाई जानीजानी दिनु पर्ने सुविधा वा रकम नदिएको वा गर्नुपर्ने काम नगरेको देखिएमा त्यस्तो व्यवस्थापकलाई एकहजारदेखि दुईहजार रूपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएको समितिले गरेको निर्णयबाट मर्का पर्ने व्यक्तिले पैंतीस दिन भित्र सम्बन्धित पुरावेदन अदालतमा पुनरावेदन गर्न सक्नेछ ।